जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रौतहटको गढीमाई मन्दिरमा भव्य मेला सुरु

काठमाडौँ- रौतहटको कटहरिया नगरपालिका ४ बलरामपुर गाउँ छेउ गढीमाई मन्दिरमा भव्यरूपमा मेला सुरु भएको छ।

शुक्रवार साँझ एक समारोह बिच वडा अध्यक्ष चन्दन कुशवाहाले रिबन काटेर उदघाटन गरेपछी औपचारिक रूपमा मेला सुरु भएको हो। उक्त अवसरमा वडा अध्यक्ष कुशवाहाले हिन्दूहरूको आस्थाको केन्द्र बलरामपुर गढीमाई मन्दिरमा अघिल्लो मेला भन्दा यस पटक बिशेष रुपमा पूजा संगै मेलाको आयोजना गरिएको बताएका छन्। पाँच वर्षमा एकपटक लाग्ने मेलामा कटहरिया वडा ४ का बाट मात्र १ लाख रुपैयाँ सहयोग गरिएको साथै दर्जनौं स्थानीयले करिब ४ लाख रुपैयाँ चन्दा सहयोग गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्।

उदघाटन कार्यक्रममा सहभागी देवाही गोनाहिका मेयर प्रेमलाल साहले बलरामपुर गढीमाई मन्दिर निर्माणदेखि मेला आयोजनाको मुख्य भूमिका निभाई रहेका वडा अध्यक्ष चन्दन कुशवाहाको खुलेरै प्रशंसा गरेका थिए । उक्त मन्दिर देवाही गोनाही नगरपालिका संग जोडिएको भएकाले मेलामा सहयोग गर्नु आफ्नो पनी दायित्व रहेको बताउँदै मेयर साहले मन्दिरमा लगाईएको पण्डाल बापत ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?