एनपीएल

एनपीएलको पहिलो खेलमा लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौँ– आज नेपाल प्रिमियर लिग (एनपीएल) को १४औँ र १५औँ खेल हुँदैछ । आजको पहिलो खेलमा जनकपुर बोल्टस र लुम्बिनी लायन्स बीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय खेल मैदानमा दुवै टोलीबीच आमनेसामने हुँदैछन् । सो खेल बिहान ९:१५ मा शुरु हुनेछ । 

आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन् भने लुम्बिनीबाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन् । आजसम्मको खेलमा जनकपुर अपराजित छ । उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई हराएको थियो भने त्यसपछिका खेलमा कर्णाली याक्स र चितवन राइनोजलाई पनि हराएको थियो ।

लुम्बिनी लायन्सले भने जारी एनपीएलमा एक खेल पनि जित्न सकेको छैन । 

एनपीएल गत शुक्रवारवाट शुरु भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने छ । विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने छ । 

जनकपुर बोल्ट्स

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

लुम्बिनी लायन्स 

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?