जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एप्पलले अझै स्लिम स्मार्टफोन ल्याउने, नाम दिइयो ‘आईफोन १७ एअर’

काठमाडौँ– एप्पलले आईफोन १७ लाई पातलो साइजमा निकाल्ने योजना बनाएको छ । अमेरिकी मिडियामा प्रकाशित विवरणहरूका अनुसार आईफोन १७ को साइज हाल बजारमा उपलब्ध आईफोन १६ को भन्दा पनि पातलो हुनेछ ।

आईफोन १७ एअर  नाम दिइएको यो फोनलाई ‘स्लिम’ फोन बनाउने एप्पलको योजना छ । यो फोन आईफोन १६ प्रो भन्दा २ मिलिमिटर पातलो हुनेछ । यद्यपि यो फोन अहिलेका फोनभन्दा अझ बढी प्रभावकारी र शक्तिशाली हुने जनाइएको छ ।

यो फोनका बारेमा अरु अपडेट अझै बाहिर आएको छ । एप्पलले हरेक वर्ष नयाँ फिचरसहित अर्को संस्करणको स्मार्टफोन ल्याउने गरेको छ ।

केही महिनाअघि मात्र एप्पलले आईफोन १६ सिरिज बजारमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?