जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेवाःसंस्कृतिको पुस्तान्तरण गर्न यःमरी उत्सव

गण्डकी – लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा पुचको आयोजनामा आगामी पुस ६ गते पोखरा महानगरपालिका–३० मा यःमरी उत्सव गरिने भएको छ ।

उत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवं कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुका श्रेष्ठले नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गर्न लागिएको बताइन ।

संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उनले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्ना गर्दै यसको प्रवर्द्धन र पुस्तान्तरण गर्न लेखनाथ क्षेत्रमा पहिलो पटक यो उत्सव गर्न लागिएको जानकारी दिइन् । उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकार उपलब्ध गराइने उनले बताए ।

लेखनाथ नेवा खलःका संस्थापक अध्यक्ष प्रेम लिगलले प्राचीन संस्कार र संस्कृति हाम्रो सभ्यताका पहिचान भएका बताउँदै यिनीहरूको प्रवर्द्धन गर्दै युवा पुस्तामाझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औँल्याए । यःमरी पुन्हीका अवसरमा खाइने यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेकाले यसको पुस्तान्तरण हुनु जरुरी रहेको उनको भनाइ छ ।

गगन नेवाः खलका सचिव शरणकुमार प्रधानले प्राचीनकालदेखि लेखनाथका विभिन्न स्थानमा नेवार समुदाय बस्दै आएका बताउँदै हाल लेखनाथका विभिन्न नौवटा इकाईमा नेवाःसमूदाय सङ्गठित बनेको जानकारी दिए । लेखनाथ क्षेत्रमा मात्रै करिब दुई सय ४५ घरधुरी नेवार समुदायको रहेको उनले बताए ।

लेखनाथ नेवा मिस पुचका अध्यक्ष मीना श्रेष्ठ, गणेश नेवा खलका अध्यक्ष जयराम श्रेष्ठ, शिशुुवा नेवा खलका अध्यक्ष अर्जुन ताम्राकार, भीमसेन नेवा खलका अध्यक्ष लीलाबहादुर श्रेष्ठलगायत वक्ताले लेखनाथमा पहिलो पटक गर्न लागिएको यो उत्सवले नेवाः संस्कृतिको पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?