जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रामकुमार पाँडेलाई ‘भैरव स्मृति साहित्य सम्मान’ प्रदान गरिने

काठमाडौँ– चर्चित व्यङ्ग्यकार रामकुमार पाँडेलाई ‘भैरव स्मृति साहित्य सम्मान’ प्रदान गरिने भएको छ ।

सिस्नुपानी नेपाल मकवानपुर र साहित्य सङ्गम मकवानपुरले हालै संयुक्त विज्ञप्ति जारी गर्दै वि.सं.२०८१ को ‘भैरव स्मृति साहित्य सम्मान’ पाँडेलाई प्रदान गर्ने घोषणा गरेको हो ।

उक्त सम्मान हास्य व्यङ्ग्यका शिखर पुरुष भैरव अर्यालका छोरा दीपक अर्यालले स्थापना गरेका हुन् । भैरव अर्याल प्रतिमास्थल पुस्पलाल स्मृति पुस्तकालयमा पुस १५ गते हेटौंडामा एक समारोहको आयोजना गरी पाँडेलाई २१ हजार १११ रुपैयाँ राशी र सम्मानपत्र सहित सो सम्मान प्रदान गरिने छ ।

जारी विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?