जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

महेश बाबुलाई लिएर महङ्गो फिल्म बनाउँदै एसएस राजामौली

काठमाडौँ– साउथ सुपरस्टार महेश बाबु र फिल्ममेकर एसएस राजामौली अहिलेसम्मकै महँगो प्रोजेक्टमा काम गरिरहेका छन् । यस फिल्मको बारेमा धेरै जानकारी बाहिर आएको छैन, जसका कारण यो फिल्मलाई लिएर मानिसहरु निकै उत्साहित छन् ।

यो फिल्म १००० करोडभन्दा बढीको बजेटमा बन्न लागेको बताइएको छ । भर्खरै एक स्रोतले यो दुई भागको फिल्म फ्रेन्चाइज हुने बताएको छ।

महेश बाबुको यो फिल्मको नाम एसएसएमबी २९ रहेको बताइएपनि फिल्मको नाम परिवर्तन हुन सक्ने बताइएको छ । अहिले राजामौलीको यो १००० करोडको फिल्मको बारेमा आइरहेको जानकारीमा महेश बाबु फिल्मको सुटिङका ​​लागि पूर्ण रुपमा तयार रहेको बताइएको छ ।

केही समय अगाडिसम्म फिल्मको छायांकन २०२५ को फेब्रुअरीबाट सुरु हुने खबर आएको थियो तर पछिल्लो जानकारी अनुसार एसएसएमबी २९ को छायांकन जनवरीमा नै सुरु हुनेछ ।

एसएस राजामौलीको निर्देशनमा बनेको यो फिल्म अहिले प्रि(प्रोडक्सनमा छ, जुन दुई भागको फ्रेन्चाइज हुनेछ। पिंकभिल्लाको रिपोर्ट अनुसार एसएसएमबी २९ को अन्तिम स्क्रिप्ट लक गरिएको छ।

फिल्मको कथाको बारेमा कुरा गर्दै एक कार्यक्रममा फिल्मका लेखक तथा राजामौलीका बुवा विजयेन्द्र प्रसादले कथालाई पूर्णरुपमा विकास गर्न करिब २ वर्ष लागेको बताएका थिए । फिल्ममा महेश बाबुको चरित्र भगवान हनुमानबाट प्रेरित हुने बताइएको छ ।

रिपोर्टका अनुसार एसएसएमबी २९ को बजेट १ हजार करोड हुन सक्छ, तर तेलगु ३६० का अनुसार फिल्मका निर्माता केएल नारायणले पैसामा कुनै प्रतिबन्ध लगाएका छैनन्। फिल्मको चर्चामा राजामौलीले यो फिल्मलाई ग्लोबल लेभलको बनाइने छ, त्यसैले यसको बजेट अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।

फिल्ममा महेशबाबु बाहेक अरु को को रहनेछन् भन्ने कुरा अहिले पुष्टि नभए पनि यसमा धेरै अन्तर्राष्ट्रिय कलाकार र क्रु मेम्बरको संलग्नता हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?