जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

काठमाडौँ आइपुगे विश्व चर्चित क्रिकेटर ब्रायन लारा

काठमाडौँ– विश्वचर्चित क्रिकेटर ब्रायन लारा नेपाल आएका छन् । जारी नेपाल प्रिमियर लिगको खेल हेर्न उनी नेपाल आएका हुन् ।

लारा शुक्रवार नेपाल आएको क्यानले जनाएको छ । क्यानका पदाधिकारीले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

वेस्ट इन्डिजका चर्चित खेलाडी लारा विश्व क्रिकेट इतिहासमा सर्वाधिक चर्चित छन् । लाराले ओडीआई र टेस्ट क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका छन् । उनलाई क्रिकेट जगतमा ‘द प्रिन्स’ का रुपमा पनि चिन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?