सुनको मूल्य तोलामा २ सय घट्यो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार स्थिर रहेको सुनको भाउ आज घटेको हो ।

बिहीवार सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य बिहीवार १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएकोमा आज (शुक्रवार) १ हजार ८ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?