जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नाटक ‘यशस्वी’ मञ्चन हुने

काठमाडौँ– थापागाउँस्थित शिल्पशाला कुञ्ज थिएटरमा नाटक ‘यशस्वी’ मञ्चन हुने भएको छ ।

रङ्गकर्मी राम के‍‍.ए.सी.को लेखन तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । पुस ३ गतेदेखि ६ गतेसम्म मञ्चन हुने नाटकमा तीन पुस्तालाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

निर्देशक के‍‍.ए.सी.का अनुसार जहाँ अग्रज, युवा र अनुज पुस्ताको सम्बन्ध नाटकमा देख्न सकिन्छ । नाटकमा आधुनिकताले क्षीण बन्दै गएको मानवीय सम्बन्धका आयाम र त्यसको विकराल रुप तथा प्रभाव नाटकमा समेटिएका छन् ।

यस नाटक हालै मात्र सम्पन्न ‘चौथो लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा समेत मञ्चन गरिएको थियो ।

सद्भाव थिएटर नेपाल र पिक प्वाइन्ट एडुकेशन नेटवर्कको सहकार्यमा निर्माण गरिएको नाटकमा मनसुन फुँयाल, सद्भावना थापा, रेशिका श्रेष्ठ, मञ्जुरी श्रेष्ठ, दीपिका श्रेष्ठ, एन्जल श्रेष्ठ, सदिक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, रवानी श्रेष्ठ, मेलिसा श्रेष्ठ र राजन रानामगरको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?