दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ

काठमाडौँ– साउथ स्टार अल्लु अर्जुन पक्राउ परेका छन् ।

हैदराबादस्थित प्रहरी कार्यालयले उनलाई सोधपुछका लागि पक्राउ गरेकाे जनाएको छ । डिसेम्बर ४ मा हैदराबादस्थित एक हलमा उनको फिल्म ‘पुष्पा–२’को प्रिमियरकै क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएको थियो ।

त्यसपछि अल्लु र उक्त हलका संचालकको विरुद्धमा उजुरी दर्ता भएको थियो । प्रहरीले त्यही घटना सम्बन्धमा सोधपुछ गर्नका लागि उनलाई पक्राउ गरेको हो ।

फिल्म ‘पुष्पा–२’ले नेपाली बक्स अफिसमा समेत आक्रामक रुपमा ग्रस कलेक्सन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?