जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

राजु स्याङ्तानको ‘ओ पेङदोर्जे’लाई चार लाख रुपैयाँ राशीको पहिचान पुरस्कार

काठमाडौँ– कवि तथा पत्रकार राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार प्रदान गरिने भएको छ ।

पहिचान पुरस्कार कोषले शुक्रबार एक विज्ञप्ति जारी यस वर्षको पहिचान पुरस्कारका लागि स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ छनोट भएको घोषणा गरेको हो ।

पुरस्कारको राशी चार लाख, दुई हजार, दुई रुपैयाँ रहेको छ । सङ्ग्रहमा सीमान्तकृतहरुको आवाजलाई बुलन्द रुपमा उठान गरिएको छ । यस अघि कोषले सर्ट लिस्टमा परेका आठ वटा कृतिहरुको नाम सार्वजनिक गरेको थियो ।

जसमा स्याङ्तानको ‘ओ पेङ्दोर्जे’सहित गिलु रातोसको ‘सलिदुङ,’ विश्व कुइँकेलको ‘गोपीचा,’ मिथोचको ‘आगोको पिदार,’ प्रवीण खालिङको ‘चिया गफ,’ अभागी थेगुवाको ‘सपनाहरूको बही,’ श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजंग रायमाझीको ‘ त्यसरी त कहिल्यै सोचिएन’ कृतिहरु थिए ।

कोषका अनुसार पुरस्कार आगामी चैत २३ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ को चखियाडाँडामा प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?