जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

झन् बढ्यो काठमाडौँमा चिसो

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको मैसम यस वर्षकै सबैभन्दा न्युन बिन्दुमा झरेको जनाएको छ ।

महासंघका अनुसारमा आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ३.१ डिग्रीमा झरेको तापक्रम बिहीबार ३.९ डिग्री सेल्सियस रहेको थियो ।

मौसमविद रोजन लामिछानेले तापक्रम घट्ने क्रम जारी रहने बताए । उनका अनुसार मौसम भने सफा रहनेछ ।

चिसो क्रमशः बढ्दै जाने र तापक्रम घट्दै जाने तथा रातको समयमा बादल नलागेका बेला मौसम बढी चिसो हुने गरेको उनको भनाइ छ ।

आज जुम्लामा सबैभन्दा कम माइनस ७.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?