जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ऐतिहासिक एवम् पुरातत्विक महत्त्व बोकेको जाजरकोट दरबार जीर्ण

काठमाडौँ- ऐतिहासिक एवम् पुरातत्विक महत्त्व बोकेको जाजरकोट दरबार जीर्ण अवस्थामा छ। गत कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त दरबार वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ ।

विसं १८५२ मा निर्माण गरिएको यो दरबारले तीन पटक भूकम्प सहिसकेको छ । यसअघिका दुई वटा भुईँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवै पटक दरबार पुनर्निर्माण गरिएको दरबार यस पटकको भूकम्पले पूर्णरुपमा क्षति पुगेको छ ।

यस दरबार ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले निकै महत्त्वपूर्ण छ । यो जाजरकोटको मात्र नभएर पूरै कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले यसलाई बलियो ढङ्गले पुनर्निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?