जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ– नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवारको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?