जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

३३ हजारमा विक्री भयो दुर्लभ पाइने गोलो अण्डा !

लण्डन– एक अर्बमा झुक्किएर मात्र हुने एक पूर्ण गोलाकार अण्डा ३३ हजारमा लिलामी भएको छ । बेलायतमा भएको एक लिलामीमा २०० बेलायती पाउण्ड अर्थात ३३ हजार नेपाली मुल्यमा बिक्री भएको हो ।

दुर्लभ अण्डाको अघिल्लो मालिक बर्कशायरले ल्याम्बोर्नका एड पाउनेलाई सो अन्डा १५० पाउन्डमा विक्री गरेका थिए । दुर्लभ अण्डाको मालिक बनेपछि पावनेलले यसलाई लुभेन्टास फाउण्डेसनलाई दान गरेका थिए ।

सो संस्था एक परोपकारी संस्था हो, जसले अक्सफोर्ड शायरका युवाहरूलाई जीवन र मानसिक स्वास्थ्य सहायता प्रदान गर्दै आएको छ ।

त्यसपछि परोपकारी संस्थाले शुरुमा पौनेलको अण्डा लिलामीमा बेच्ने प्रस्तावलाई मजाक भएको ठानेका थिए तर जब अण्डा लिलामीका बारेमा समाचार प्रकाशित गरियो र अन्ततः परोपकारी संस्थाले लिलामी गर्ने निर्णय लियो ।

‘हामी हर्षित र रोमाञ्चित छौं, अण्डा बेचेको कारण संस्थाको परोपकारी कामका बारेमा पनि धेरै जानकार भएका छौ,’ उन्डेसनका रोज राप भने ।

‘लिलामीवाट उठेको पैसाले १३–१५ वर्षका किशोरहरूलाई उनीहरूको मानसिक स्वास्थ्यका बारेमा मद्दत गर्नेछ, यसले हामीलाई सहयोगको खाँचो परेका वा लामो प्रतीक्षा सूचीमा रहेका युवाहरूसम्म पुग्न सक्षम बनाउनेछ,’ उनले थपे।

पछि यो थाहा भयो कि गोलो अण्डा मूलतः एक महिलाले शुरूमा खरिद गरेकी थिइन, जसले स्कटल्याण्डको स्थानीय सुपरमार्केटबाट बक्समा फेला पारेका जनाएकी छिन । अण्डा पहिलो पटक बेचेको थोमस रोडिक क्यालनका अनुसार गोलो अण्डाहरू एक अर्बमा एक घटना हो भन्ने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?