जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

घरमा धनको वर्षा हुन के गर्ने ?

काठमाडौँ – शुक्रबारको दिन लक्ष्मीको पूजा गर्नका लागि उत्तम मानिन्छ । जुन घरमा नारीको इज्जत हुन्छ, त्यो घरमा लक्ष्मीको बास हुन्छ ।

माता लक्ष्मी धनकी देवी हुन्, लक्ष्मीको कृपाले घरमा सुख–समृद्धि ल्याउने गर्दछ । यदि तपाई पनि लक्ष्मीको कृपा प्राप्त गर्न चाहनुहुन्छ भने अवश्य गर्नुहोस् यो उपाय ।

लक्ष्मीको कृपा प्राप्त गर्नको लागि सबैभन्दा पहिले आफ्नो घर सफा राख्नुहोस्। सरसफाई र सरसफाई भएको घरमा लक्ष्मीको वास हुन्छ ।

घरका नारीलाई पनि सम्मान गरौँ । जुन घरमा नारीको इज्जत हुन्छ, त्यहाँ सुख, शान्ति, समृद्धि र ऐश्वर्यको कमी हुँदैन । हरेक दिन लक्ष्मी माताको आरती गर्नुहोस्। श्री सुक्त, लक्ष्मी सुक्त वा कनकधारा स्तोत्र पनि पढ्नुहोस्।

लक्ष्मीलाई प्रसन्न पार्न शंख, गाई, कमल र फूल चढाउनुपर्छ । घरको मुख्य प्रवेशद्वारमा पनि दियो बाल्नुहोस्। धनको वर्षाका लागि फलामको भाँडोमा पानी, चिनी, दूध र घ्यूको घोल लिएर पीपलको जरामा चढाउनुपर्छ ।

लक्ष्मीको साथमा भगवान विष्णुको पनि आशीर्वाद प्राप्त गर्नुहोस्। धनकी देवीको कृपा प्राप्त व्यक्तिले जीवनमा सबै प्रकारको सुख प्राप्त गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?