जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वर्षाले बिथोल्यो नेपाल र बङ्गलादेशको खेल

काठमाडौँ– मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र बङ्गलादेशबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाल र बङ्गलादेशबीचको खेल ११ः४५ बजेदेखि हुने भनिए पनि वर्षाका कारण अहिलेसम्म सुरु हुन सकेको छैन ।

यस खेलमा बङ्गलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउन सक्ने छ । वर्षाका कारण एक एक अङ्क बाँडे बङ्गलादेश रनरेटका आधारमा शीर्ष दुईमा पुग्नेछ ।

यसअघि नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेका हुन् । सुपर फोरको पहिलो खेल पनि वर्षका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो । बङ्गलादेश भने भारतसँग आठ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?