जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कालिका नगर अस्पतालमा थप सेवा विस्तार

नारायणगढ ‘चितवन’ – जिल्लाको कालिका नगरपालिकाले सञ्चालन गरेको कालिका नगर अस्पतालमा थप सेवा विस्तार भएकोे छ । बाग्मती प्रदेश सरकारको सहयोगमा जनस्वास्थ्य कार्यालय चितवनमार्फत अस्पतालमा प्रयोगशालाका लागि नयाँ उपकरण जडान गरिएसँगै सेवा विस्तार भएको हो ।

प्रयोगशालामा सेवा विस्तार र सेवाग्राहीलाई सहज रूपमा सेवा दिनका लागि टिकटमा टोकन प्रणाली पनि सुरु गरिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए । उनले अस्पतालको थप सेवाले नगरवासीलाई स्वास्थ्य सेवामा सहज हुने बताए । अस्पतालमा नयाँ प्रयोगशालाको उपकरण आएसँगै थाइराइडलगायत प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने र रिपोर्टका लागि समय कुर्नुपर्ने बाध्यता हटेको प्रमुख रेग्मीले बताए ।

उनले भने, “अब सामान्य उपचारका लागि अन्यत्र जानु पर्दैन, पालिकामा पैसाको अभावमा कसैले उपचार पाइनँ भन्ने अवस्था छैन ।” नगरका विपन्न नागरिकको बीमा नगरपालिकाले गरेको बताउँदै उनले बीमामार्फत उपचार गर्दा ‘कोपेमेन्ट’को १० प्रतिशत शुल्क पनि नलाग्ने जानकारी दिए । उनले भने, “बीमा गरेका बिरामीले एक रुपैयाँ पनि तिर्नु पर्दैन ।”

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीका अनुसार नयाँ उपकरण जडान भएसँगै थाइराइड जाँच, भिटामिन डी, १२ ‘टुबेल’ लगायत, क्यान्सर परीक्षण ९सिए १२५० गर्न सकिनेछ । पालिकाको नगर अस्पतालमा अधिकांश बीमाका बिरामी आउने गर्दछन् । नगरपालिकाको स्वास्थ्य शाखामार्फत आठ सय ३१ विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारी बताउछन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट ‘मेसु’ डा जीवन खरेलले हप्ताको दुई दिन रेडियोलोजिष्ट चिकित्सकबाट भिडियो एक्स–रे सेवा र हप्ताको एक दिन स्त्री तथा प्रसूति र जनरल मेडिसिन विशेषज्ञबाट विशेषज्ञ सेवा अस्पतालले दिइरहेको बताए।

अस्पतालमा आगामी दिनमा दन्त सेवा, हाडजोर्नी र वार्ड सेवा सञ्चालन गर्ने पनि योजना रहेको उनको भनाइ छ । बीमामा समावेश भएका अधिकांश औषधि नगर अस्पतालमै उपलब्ध गराउने प्रयास गरिएको मेसु डा खरेलले बताए। खरेलका अनुसार अस्पतालमा दैनिक तीन सयदेखि चार सय जनाले बहिरङ्ग सेवा लिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?