जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रकाश सपूतको ‘मुटु कटक्कै’ बोलको गीत सार्वजनिक

गीतकार तथा गायक प्रकाश सपूतको ‘मुटु कटक्कै’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा प्रकाशलाई गायक कुशल बेल्बासे र प्रताप दासले स्वरमा साथ दिएका छन्।

प्रेमिल गीतको शब्द र संगीत प्रकाशकै छ। श्यामश्वैत रसायलीले मिक्सिङ तथा मास्टरिङ गरेको गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो। प्रकाशकै कथा र निर्देशन रहेको गीतको भिडियोमा उनी दोहोरो भूमिकामा देखिएका छन्। एक व्यापारी र अर्को गायक।

भिडियोमा अन्य कलाकार कुशुम शर्मा, रोशनी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, बिशाल घिमिरे र मिलन विश्वकर्माको अभिनय छ। गीत प्रकाशकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?