जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चिनियाँ कम्पनीले गर्‍यो ध्वनीको गतिभन्दा छिटो उड्ने विमानको परीक्षण

काठमाडौँ- चिनियाँ कम्पनीले ध्वनीको गतिभन्दा छिटो उड्ने विमानको परीक्षण गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार परीक्षणका क्रममा उक्त विमानले ६५ हजार ६ सय फिटभन्दा बढी उचाइमा ३ हजार ४५ माइल प्रतिघण्टाको गतिमा उडान भरेको थियो ।

यो ध्वनिको गतिभन्दा चार गुणा धेरै रहेको जनाइएको छ । यो गति नासाको ‘सन अफ कन्कार्ड’ भन्दा तीन गुणा र हाल प्रयोगमा नरहेको कन्कार्ड विमानभन्दा दुई गुणा बढी हो ।

यस गतिमा उडान भर्ने विमान बेइजिङबाट अढाई घण्टामा न्यूयोर्क पुग्न सक्छ । बेइजिङदेखि न्यूयोर्कको दूरी लगभग १० हजार ९८२ किलोमिटर छ। यस अनुसार यो विमानबाट बेईजिङबाट करिब साढे दुई घण्टामा न्यूयोर्क पुग्न सकिन्छ।

स्पेस ट्रान्सपोर्टेसनले विज्ञप्तिमा भनेको छ, ‘यस विमानको इन्जिन अन्तरिक्षयान जस्तो वातावरणमा उच्च गतिमा उडान गर्न सक्षम छ।’

कम्पनीले सन् २०२७ सम्ममा पहिलो उडानका लागि विमान तयार गर्ने लक्ष्य राखेको छ । पहिलो व्यावसायिक उडान सन् २०३० सम्म सुरु गर्न सकिने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?