जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतमा मसिन लर्निङ (एमएल) र एआईमा आधारित ‘जियो ब्रेन’को घोषणा 

काठमाडौँ- टेलिकम अपरेटर जियोले जियो ब्रेन नामक फाइभजी एकीकृत मसिन लर्निङ (एमएल) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ प्लेटफर्म प्रस्तुत गरेको छ ।

फाइभजी एकीकृत सेवाले टेलिकम नेटवर्क, इन्टरप्राइज नेटवर्क र उद्योग विशिष्ट आईटी कम्पनीहरूलाई आफ्नो दैनिक कामका लागि एमएल टूलहरू प्रयोग गर्न सक्षम बनाउने बताइएको छ ।

भारतीय मिडियाहरुका अनुसार जियोका वरिष्ठ उपाध्यक्ष आयुष भटनागरले दुई वर्षको अनुसन्धानपछि लिंक्डइनमा जियो ब्रेनको घोषणा गरेका हुन् ।

एआई र एमएल सञ्चालित यो प्रणालीले उद्यमहरूलाई छिटो र अधिक प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम बनाउन स्वचालित एआई सुविधाहरू समेत प्रदान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?