जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ओजोन तहमा सुधार भएपछि वैज्ञानिकहरू खुसी

काठमाडौँ- पृथ्वीको निरन्तर तापक्रम अहिले यस ग्रहमा बस्ने हरेक मानिसका लागि चिन्ताको विषय बनिरहेको छ । हरेक वर्ष पृथ्वीको बढ्दो तापक्रमले कतिपय संसारभर भयंकर गर्मीको लहर निम्त्याइरहेको छ । यसको दीर्घकालीन परिणाम निकै डरलाग्दो हुने बताइएको छ ।

तर यसैबीच वैज्ञानिकहरूबाट एउटा खुसीको खबर पनि आएको छ । पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तहले जीवित प्राणीहरूलाई सूर्यको हानिकारक किरणहरूबाट बचाउँछ किनभने यसले ती किरणहरूलाई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नबाट रोक्छ। ओजोन तह हरेक वर्ष पातलो हुँदै गइरहेको थियो, जसका कारण प्रत्येक वर्ष अन्टार्कटिकामा ठूलो प्वाल देखिँदै आएको थियो ।

औद्योगिक कारखानाहरूबाट उत्सर्जित रसायन र धुवाँले यस तहलाई ठूलो नोक्सान पुर्‍याउँछ। तर अब सन् २०२४ को अन्त्यमा एउटा खुसीको खबर आएको छ । यो वर्ष ओजोन तहमा देखिने प्वाल सानो भएको पाइएको छ । अर्थात् गत वर्षको जति हानी रेकर्ड भएको छैन । यसले ओजोन तहमा सुधार भइरहेको देखाउँछ।

नोआ र नासाका वैज्ञानिकहरूले सेप्टेम्बरदेखि मध्य अक्टोबरसम्म यसको अनुगमन गरेका थिए। उनीहरूले यस पटक ओजोन तहमा रहेको प्वाल इतिहासकै सातौँ सानो प्वाल भएको पत्ता लगाएका छन् ।

अर्थात् हरेक वर्ष ओजनमा मौसमी रूपमा ठूलो प्वाल देखिने गरेको थियो तर यस पटक यो प्वाल निकै सानो देखिएको छ । अर्थ डट कमको रिपोर्टका अनुसार यसको सुरक्षाका लागि सन् १९९२ मा एउटा सम्झौता भएको थियो, जसलाई मोन्ट्रियल प्रोटोकल भनिन्छ।

यसले ओजन तहको हानी घटाउनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन्छ । सम्झौताको उद्देश्य क्लोरोफ्लोरो कार्बन (सीएफसी) को मात्रा घटाउनु हो। यस वर्ष ओजन तहमा एउटा सानो प्वाल फेला परेको प्रत्यक्ष प्रमाण हो कि प्रयासहरूले यस तहमा प्रभाव पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?