जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चकटी बहसमा कोइरालाको कृति ‘उज्यालो औंसी’

काठमाडौँ– बुकाहोलिक्सको मासिक चकटी बहसमा आख्यानकार अनिता कोइरालाको पहिलो उपन्यास ‘उज्यालो औँसी’माथि विमर्श गरिएको छ ।

थापाथलीस्थित मार्टिन चौतारीमा हालै भएको बहसमा ‘उज्यालो औंसी’ माथि डा.गीता त्रिपाठीले चर्चा गरेकी हुन् । त्रिपाठीका अनुसार संस्मरणात्मक शैलीमा लेखिएको यस उपन्यासमा उपन्यासकारले अनुभूतिको चित्रण गरेकी छिन् ।

बहसमा उपन्यासकार कोइराला, राधिका कल्पित, अनिता पन्थी, भगवति खतिवडा, राजकुमार बानियाँ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

पठन संस्कृतिका विकासका लागि विविध क्रियाकलापहरु गर्दै आएको बुकाहोलिक्सले मासिक रूपमा चकटी बहसमा एउटा कृतिमाथि अन्तरक्रिया गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?