जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ–म्यानचेस्टर युनाइटेडको इङलिश प्रिमियर लिगमा खराब प्रदर्शन जारी रहेको छ ।

आइतबार सम्पन्न खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बोर्नमाउथको जितमा डीन हुजीसेन, जस्टिन क्लुइभर्ट र एन्टोनी सेमेनियोले एक एक गोल गरेका थिए । यो जितपछि बोर्नमाउथको १७ खेलमा २८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो सातौं हार हो । यो हारपछि म्यानचेस्टर युनाइटेड १७ खेलमा २२ अंकसहित १३औं स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?