जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बिहान खाली पेटमा मेथीको पानी पिउनाले हुन्छ अचम्मको फाइदा, जान्नुहोस् पिउने तरिका

काठमाडौँ – प्राय: घरमा मेथीको प्रयोग धेरै हुन्छ । यहाँ मानिसहरूले मेथीलाई कहिले तरकारीमा, कहिले पराठामा र कहिले लड्डूमा प्रयोग गर्छन्। तर मेथीका फाइदाहरूबारे हामीमध्ये कमैलाई थाहा छ।

आयुर्वेद विज्ञहरुका अनुसार मेथीमा धेरै प्रकारका भिटामिन र मिनरल्स पाइन्छ जुन निकै फाइदाजनक हुन्छ । मेथीको मद्दतले हामीले धेरै प्रकारका रोगहरू निको पार्न सक्छौं।

यसमा प्रोटिन, कुल लिपिड, उर्जा, फाइबर, क्याल्सियम, आइरन, फस्फोरस, पोटासियम, जिंक, म्यांगनीज, भिटामिन सी, भिटामिन बी, सोडियम र कार्बोहाइड्रेट जस्ता पोषक तत्वहरू पाइन्छ।

शरीर डिटोक्स हुन्छ : यो पानीले शरीर डिटक्स हुन्छ । यो पानी पिउँदा शरीरमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । हरेक बिहान मेथीको पानी पिउनाले शरीरलाई स्वस्थ राख्छ, सुरुमा यो पानी १५ दिनसम्म मात्र पिउनुपर्छ ।

तौल घटाउनमा प्रभावकारी– मेथीको पानी नियमित रूपमा पिउने हो, भने यसले मोटोपना छिटो कम गर्छ। यसका लागि यी दाना चपाएर खानुहोस्, चाँडै प्रभाव देख्नुहुनेछ।

आयुर्वेद विज्ञहरूका अनुसार मेथीको दानाको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ, खासगरी बिहान खाली पेटमा पिउनाले ।

मेथीको पानी बनाउन एक गिलास सफा पानीमा एक देखि डेढ चम्चा मेथीको दाना रातभर भिजाउनुहोस्। बिहान उठेपछि यो पानीलाई राम्ररी छानेर खाली पेटमा पिउनुहोस् । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं मेथीको दाना पछि पनि खान सक्नुहुन्छ।

बिहान खाली पेटमा मेथीको पानी पिउनाले शरीरमा रहेको विषाक्त तत्व बाहिर निस्कन्छ, त्यसैले गर्भावस्थामा महिलाले यसलाई चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?