जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हलिउड अभिनेता कार्ल वेदर्सको निधन

काठमाडाैँ– हलिउडका प्रसिद्ध अभिनेता कार्ल वेदर्सको निधन भएको छ ।

उनको शुत्रबार ७६ वर्षको उमेरमा निधन भएको हो । मृत्युको कारण प्रस्ट नभए पनि उनका म्यानेजरले यसको पुष्टि गरेका छन् ।

उनले ‘रक्की’ र ‘प्रिडेटर’ जस्ता कयौँ फिल्ममा काम गरेका थिए । जसमध्ये ‘प्रिडेटर’ साईन्स फिक्सन फिल्म हो ।

कमेडी भूमिका समेत निभाएका उनले सन् १९९६ मा र  २००४ देखि २०१३ सम्म चार एपिसोड चलेको टेलिभिजन श्रृखला ‘अरेस्टेड डेवलपमेन्ट’ मा आफ्नै ‘प्यारोडी’ गरेका थिए । उनले ‘एक्सन ज्याक्सन’ मा मुख्य भूमिका निभाएका थिए ।

 फिल्ममा आउनुअघि फुटबल खेलाडी रहेका कार्लले खेल जीवनबाट सन् १९७४ मा सन्यास लिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?