जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मदनकृष्णको श्रेष्ठको ‘हृदयकी रानी’(भिडियो)

काठमाडौँ– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘हृयदकी रानी’ बोलको गीत बजारमा ल्याएका छन् ।

मङ्गलबार सार्वजनिक भएको गीतमा श्रेष्ठलाई समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । गीतमा चिन्तामणी सिवाकोटीको शब्द तथा कीर्ति न्यौपानेको सङ्गीत रहेको छ ।

प्रेमभाव समेटिएको गीतको शीर्ष भूमिकामा श्रेष्ठ र गायिका कोमल वलीको अभिनय देख्न सकिन्छ । कृष्णदेव रुपाखेतीको निर्देशन रहेको गीतको भिडियोको सम्पादनमा विकास ढकाल र छायांकनमा उत्सव ढकाल छन् ।

भिडियोमा विमल अधिकारी, स्मारिका ढकाललगायतका कलाकारहरुको समेत अभिनय देख्न सकिन्छ ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?