जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

१४१औँ लेखनाथ जयन्ती मनाइयाे

काठमाडाैँ – कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जन्म जयन्ती मनाइएकाे छ । जन्म जयन्तीकाे अवसरमा त्रिमूर्ति निकेतनले साेमबार एक कार्यक्रम गर्दै सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गरिएकाे छ ।

निकेतनकी अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गरिन् । सोही अवसरमा उनले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गरेकी थिइन् ।

निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली रहेकाे धारणा राखे ।

कार्यक्रममा यादव भट्टराई, ललिता दोषी र भगवती बस्नेतले कविता वाचन गरेका थिए । नई प्रकाशनको संयोजनमा वि.सं. ‍२०६१ सालमा कवि शिरोमणि, महाकवि र नाट्यसम्राटकाे सम्मानार्थ त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

१९४१ पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा जन्मेका पौड्याललाई वि.सं २००८ साल असार २९ गते राजा त्रिभुवनले कवि शिरोमणिको पदवी दिएर मासिक दुई सय रुपैयाँ आजीवन भत्ताको समेत व्यवस्था गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?