सुन र चाँदीको दुवैको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ– आज सुन चाँदीको दुवैको मूल्य घटेको छ ।

आज सुनको मुल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । गत आइतवार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?