जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड अभिनेता शाहरूख खानको सम्पत्ति १३ अर्बले बढ्यो, कारण यस्तो छ

 
बलिउड अभिनेता शाहरूख खानको सम्पत्ति १३ अर्ब भारूले बढेको छ। समाचार एजेन्सीका अनुसार अब उनी ६४ अर्ब ११ करोड भारूका मालिक बनेका छन्। गतवर्ष उनको सम्पत्ति ५१ अर्ब १६ करोड भारू थियो। जवान र पठानको सफलतासँगै उनको सम्पत्ति बढेको हो।

अभिनेता खानले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिँदै एक वर्षमा २५ अर्ब कमाउने अभिनेताको रेकर्ड राखेका छन् । समाचार स्रोत दैनिक भाष्करका अनुसार भारतीय फिल्म क्षेत्रमा एक वर्षमै २५ अर्ब कमाउने रेकर्ड शाहरूख खानले राखेका हुन् । 

सन् २०२३ मा उनको तीन फिल्म पठान, जवान र डंकी रिलिज भयो। यी फिल्मले भारतीय बक्स अफिसमा निकै राम्रो कमाइ गरेका छन्। उनको फिल्म पठान, जवान र डंकी ले विश्वभरबाट २५ अर्ब कमाएको हो।

पठानले १० अर्ब ५० करोड भारू कमाएको थियो भने जवानले ११ अर्ब ४६ करोड र डंकीले ३ अर्ब ६१ करोड भारू कमाएको छ। शाहरूखले फिल्म जिरो फ्लप भएपछि पठानबाट कमब्याक गरेका हुन्। उनले लगातार सुपरहिट फिल्म दिएर उक्त रेकर्ड राखेका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?