जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ शुरु

काठमाडौँ– आज १७ पुष २०८१, बुधबार पुष शुक्ल द्वितीया तिथि। आजबाट इस्वी संवत् २०२५ शुरु भएको छ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको हो। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात् भएको मान्यता छ।

पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। सोही अवसरमा आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ।

नेपालमा पनि मध्यराति नयाँ वर्षलाई स्वागत गरिएको छ। काठमाडौंको ठमेल, बौद्धलगायत स्थानमा विशेष चहलपहल देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?