जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कलाकार जेडी तमू सम्मानित

काठमाडौँ– कलाकार जेडी तमू सम्मानित भएका छन् ।

सोमबार तमु ल्होसारको अवसर काठमाडौँको टुँडिखेलमा ‘तमू ल्होसार महोत्सव’मा तमूलाई ‘तमू ह्यूल छोजधी गुरुङ राष्ट्रिय परिषद्’ले सम्मान गरेको हो ।

डेढ दशकभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा तमूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको परिषद्ले जनाएको छ ।

इलाम गुरुङ समाज काठमाडौँका केन्द्रिय सदस्य समेत रहेका तमूलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान प्रदान गर्दै उनको आगामी कलाकारिता यात्राका लागि शुभकामना व्यक्त गरे ।

तमू रङ्गमञ्च एवं विशेषत नृत्य क्षेत्रमा कोरियोग्राफरका रुपमा स्थापित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?