सुनको मूल्य एकैदिन १४ सयले बढ्यो, चाँदीको स्थिर

काठमाडौँ– आज बुधवार नेपालमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवारका तुलनामा आज सुनको भाउ बढेको हो । आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रहेको महासंघले जनाएको छ । मङ्गलवार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै महासंघले चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?