जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कलाकार विभूषण ताम्राकारकाे ‘सिसी कला प्रदर्शनी’

काठमाडाैँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबारदेखि कलाकार विभूषण ताम्राकारकाे ‘सिसी कला प्रदर्शनी’ शुरु भएको छ ।

कलाकार ताम्राकारद्वारा सिर्जित कलाकृतिको प्रदर्शनीको प्रतिनिधिसभाका माननीय उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेकी हुन्। उनले सिसी कलाका क्षेत्रमा ताम्रकारले प्रयोग गरेको नवीन सोच तथा पुनः प्रयोगको सन्देशले सबैलाई प्रेरणा दिने बताइन्।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले समाजका सबै तह र तप्काका व्यक्तिहरूलाई समेट्दै कलाका विकासमा अघि बढ्ने अभियानको निरन्तरतास्वरूप यस कार्यक्रमको आयोजना गरिएको सुनाए ।

प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्यले सिसीकलाका क्षेत्रमा ताम्राकारले सिर्जना गरेका कला पृथक रहेको र यसले नेपालको संस्कृतिलाई समेटेको धारणा राखे।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले फरक क्षेत्रको कलालाई प्रवर्धन गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको बताए।

शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले कला सिर्जनाको क्षेत्र सीमित नहुने बताउँदै खेर गएका वस्तुहरूलाई समेत सुन्दर रूप दिन सकिने उदाहरण प्रदर्शनीले दिएको धारणा राखिन् ।

समारोहमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । ४७ कलाकृति राखिएको प्रदर्शनी शुक्रबारसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?