जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुन आज प्रतितोला एक लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?