जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान

काठमाडौँ- बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण प्रभावित स्थानीयलाई सुरक्षित राख्न सचेतना अभियान प्रारम्भ भएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज नजिकको राप्तीसोनारी गाउँपालिका– २ र बर्दिया राष्ट्रिय निकुञ्ज समीपको मधुवन नगरपालिका–२ मा सचेतना अभियान सञ्चालन प्रारम्भ भएको हो ।

समुदायका लागि सञ्चार अभियन नेपालका कार्यकारी निर्देशक तुला अधिकारीका अनुसार अभियान १० महिनासम्म सञ्चालन हुनेछ ।

अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण कसरी गर्ने, वातावरण एवं वन्यजन्तुको वासस्थान संरक्षणलगायत क्षेत्रमा व्यावहारिक ज्ञान दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?