जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मुख्यमन्त्री कप भलिबलको उपाधि ‘एपीएफ’ले जित्यो

कञ्चनपुर– मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।

शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।

उपाधिसँगै एपीएफले चार लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ। उपविजेता गण्डकीले दुई लाख नगद प्राप्त गरेको छ। त्यस्तै, पुलिस क्लब तेस्रो भएको छ। त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस तेस्रो भएको हो।

पुलिसले आर्मीलाई ३–१ ले पराजित गरेको हो। तेस्रो भएको पुलिसले एक लाख प्राप्त गरेको छ। सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिता माघ १४ गतेदेखि शुरू भएको थियो। प्रतियोगितामा तीन विभागीयसहित सातवटै प्रदेशका टोली सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?