जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जापानलाई हराउँदै इरान एशियन कपको सेमिफाइनलमा

काठमाडौं – इरान एशियन कपको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा इरानले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

इरानले खेलको ९६औं मिनेटमा पाएको पेनाल्टी गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इरानको जितमा मोहमद मोहेबी र अलिरेजा जहानबख्शले एक एक गोल गरेका थिए । त्यस्तै जापानका लागि हिदेमासा मोरिटाले एक गोल गरेका थिए ।

अब इरानले सेमिफाइनलमा कतार र उज्बेकिस्तानबीचको विजेतासँग खेल्ने छ । त्यस्तै जापान भने यो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?