जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दैलेखमा पेट्रोलियम भेटिएको हो ? प्रधानमन्त्री ओली यसो भन्छन्

काठमाडौँ- नेपालमा पहिलो पटक पेट्रोलियम पदार्थको अन्वेषण ड्रिलिङ सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा सम्पन्न अन्वेषण ड्रिलिङबाट प्राप्त नमूना परीक्षण गरिने जानकारी दिएका हुन् । 

जसको नमुना परिक्षण गरी ब्यवसायिक उत्खनन् गरिने उनले बताएका छन् ।

‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?