जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लागूऔषधसहित एकै परिवारका तीन जनालाई पक्राउ

सिरहा – लागूऔषधसहित प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषधसहित लहान नगरपालिका ७ घर भई हाल ८ नम्बर वडामा डेरा गरी बस्ने ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराहरू २९ वर्षीय प्रमोद र २५ वर्षीय राकेशलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरूको साथबाट कोडबिल सय एमएलको १५ बोतल, वीक्सडीन सय एमएलको ६५ बोतल, डाईजीफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल र नुरफ्रेन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट एक लाख ३९ हजार नगद समेत बरामद गरेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?