सुनचाँदीको मूल्य स्थीर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?