जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भूकम्पको धक्का महसुस, केन्द्रविन्दु तिब्बत

काठमाडौं- आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु दिङ्ग्ये काउन्टी आसपासमा रहेको थियो।

भूकम्पले तिब्बतको दक्षिणी क्षेत्रमा ठूलो धक्का दिएको छ, जसले आसपासका जिल्लामा समेत असर पारेको छ। भूकम्पको धक्का काठमाडौं उपत्यका सहित पूर्वी नेपाल, सिक्किम, भुटान र बंगलादेशसम्म महसुस गरिएको छ । उच्च म्याग्निच्युडका कारण ठूलो क्षतिको सम्भावना रहेकोले स्थानीय प्रशासनले प्रभावित क्षेत्रका नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

हालसम्म ठूला क्षति वा घाइतेको विस्तृत विवरण उपलब्ध भएको छैन। अधिकारीहरूले थप पराकम्पहरू आउन सक्ने चेतावनी दिएका छन् र नागरिकलाई आपत्कालीन तयारी गर्न सल्लाह दिएका छन्। स्थानीय राहत टोलीहरू परिचालन भई क्षतिको आकलन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?