मङ्गलबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । यसअघि आइतबार र सोमबार पनि सुन सोही मूल्यमा सुनको खरिदबिक्री भएको थियो ।

यता, आज चाँदीको भाउ भने बढेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ कायम रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?