जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मकर संक्रान्तिपछि खुल्छ यी ३ राशिको भाग्य !

काठमाडौँ – मकर संक्रान्तिको पर्व (जनवरी १४, २०२५) माघ १ गते मनाइन्छ। याे दिन सूर्यले आफ्नो राशि परिवर्तन गरी धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । याे दिन सूर्य बिहान ८ बजेर ४४ मिनेटमा मकर राशिमा प्रवेश गर्नेछ।

मकर संक्रान्तिको दिन खरमास समाप्त भई शुभ कार्य सुरु हुन्छ। मकर संक्रान्तिको दिन माता गंगा पृथ्वीमा अवतरण गरेकी थिइन् भन्ने धार्मिक विश्वास रहेकाे छ । त्यसैले यस दिन गंगा स्नान गर्नु शुभ र शुभ मानिने शास्त्रमा उल्लेख गरिएकाे छ।

यस दिन बिहान सबेरै सूर्यलाई अर्घ दिनुहोस्। यस दिन आफ्नो मनोकामना बोलिसकेपछि भाँडामा जल, गंगाजल, काँचो दूध, कालो तिल, रातो चन्दन राखेर इच्छा अनुसार सूर्यलाई अर्पण गर्दा राम्राे हुने जनविश्वास रहेकाे छ।

मेष राशिका लागि माघ १ गतेबाट शुभ समय सुरु हुनेछ । दाम्पत्य जीवनमा पार्टनरबाट सहयोग मिल्नेछ । सन्तान प्राप्तिको सुख मिल्नेछ परिवारका लागि किनमेल गर्न सकिनेछ ।

सिंह राशिका व्यक्तिहरुको भाग्यले साथ दिनेछ । तपाईको मिहिनेतले फल दिनेछ र तपाई आफ्नो व्यवसाय विस्तार गर्न सफल हुनुहुनेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ ।

मकर राशिका लागि यो समय राम्रो छ। तपाईको स्वास्थ्यमा सुधार आउनेछ। लामो समयदेखि चल्दै आएको स्वास्थ्य समस्याको अन्त्य हुनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ । करियरको दृष्टिकोणले यो समय शुभ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?