जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चीनले कक्षीय इन्धन भर्ने उपग्रह प्रक्षेपण गर्यो

काठमाडौँ – चीनले लङ मार्च–३बी रकेट प्रयोग गरी मंगललबार बिहान सफलतापूर्वक शिजियान–२५ अन्तरिक्षमा पठाएको छ ।

दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ४ः०० बजे ‘बेइजिङ समय’ रकेट प्रक्षेपण गरिएको थियो । पछि पेलोडलाई पूर्वनिर्धारित कक्षमा ल्याइयो । पेलोड स्याटेलाइट बोक्न र प्रयोग गर्न डिजाइन गरिएको उपकरणलाई जनाउँछ ।

सिजियान–२५ को विकासकर्ता शाङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीका अनुसार स्याटेलाइट मुख्यतया इन्धन पुनःपूर्तिको लागि प्रयोग गरिन्छ ।

प्रक्षेपणले सन् २०२५ मा चीनको पहिलो रकेट प्रक्षेपण श्रृङ्खलाको ५५५ औं मिशनलाई चिन्ह लगाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?