जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

उपाधि दाबेदार जापानलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा

काठमाडौँ – जापानलाई हराउँदै इरान कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

उपाधि दाबेदार मानिएको जापानलाई  इरानले  २–१ गोलले स्तब्ध पारेको हो ।  एजुकेसन सिटी रङ्गशालामा इरानलाई जीत दिलाउन मोहम्मद मोहेबी र अलीरेजा जहाँबख्शले १–१ गोल गरे ।

खेलमा अग्रता भने  २८औँ मिनेटमा मोरिताको गोलमार्फत जापानले  लिएको थियो । तर ५५औँ मिनेटमा मोहेबीले खेललाई बराबरीमा ल्याउन सफल भए ।

खेलको अतिरिक्त समयमा जहाँबख्शले पेनाल्टीमार्फत गोल गर्दै इरानलाई २ १ को रोमाञ्चक जीत दिलाएका हुन् ।

गएराती नै भएको अर्को खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको छ।

अब कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ। इरान एसिया कपको ३ पटकको विजेता हो  भने  कतारले इरानसँग फेब्रुअरी ७ मा खेल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?