जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चीनले ऊर्जा बचत गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ सञ्चालनमा ल्यायो

काठमाडौँ – पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह सहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले शुक्रबार यात्रु सेवा सुरु गरेको छ ।

यो मेट्रो ट्रेनमा कार्बन फाइबर कम्पोजिट बडी फ्रेम रहेको छ । यसले मेट्रो ट्रेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशतले घटाउँछ ।

सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक ट्रेनको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताए । यसले गर्दा वार्षिक रूपमा १३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ ।

विशेष गरी, कार्बन फाइबर सामग्रीको प्रयोगले गाडीलाई बलियो बनाउँछ । साथै, यसको संरचनाको स्थायित्व बढाउँछ । यस ट्रेनको क्याबिन भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण छ ।

ट्रेनमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउन्ड आइसोलेसन पनि समावेश छ, जसले यात्रुहरूका लागि सहज सवारी र थप सहज अनुभव सुनिश्चित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?