जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यु-१९ विश्वकप क्रिकेट: नेपालकाे आज दाेस्राे अभ्यास खेल अमेरिकासँग

काठमाडौँ– नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ ।

यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न लागेकाे हाे ।

गत साेमवार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमात्र जोडेर पराजित हुन पुगेकाे थियाे ।

साे खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएका थिए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो ।

अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बुधबार भने अमेरिकाको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?