जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आफूलाई सामाजिक अभियन्ता भन्ने आशिका तामाङ पक्राउ

काठमाडौं – पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

‘देहायको परिचय वतन खुलेको व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने…। तत्काल निजलाई पक्राउ नगरे मुद्दाको प्रमाण नष्ट हुने, निज भागीजाने भएकाले’, प्रशासनद्वारा जारी पक्राउ पुर्जीमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?