जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज मंगलबार : यसरी गर्नुहोस् गणेश भगवानको पूजा

मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ । भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ ।

सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ भने मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

हिन्दु धर्मशास्त्र अनुसार कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ ।

गणेश सहस्रनामावलीमा गणेशका एक हजार नामहरूको चर्चा गरिएको भएपनि गणेशजीलाई सुमुख, एकदन्त, कपिल, गजकर्ण, लम्बोदर, विकट, विघ्नाश, विनायक, धूम्रकेतु, गणाध्यक्ष, भालचन्द्र र गजानन गरी मुख्यतया १२ ओटा नामले पुकारिन्छ ।

पढाइको आरम्भ गर्दा, विवाहका बेलामा, गृह आदिमा प्रवेश गर्दा, यात्रा गर्ने समयमा, युद्धका बेलामा र कुनै सङ्कट आइपरेका अवस्थामा जसले यी १२ ओटै नाम पढ्छ वा सुन्छ त्यसलाई कुनै किसिमका विघ्नबाधाहरु पर्दैनन् भन्ने विश्वास गरिन्छ ।

धर्मशास्त्रका अनुसार मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ। मङ्गलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ। मंगलबार मासु सेवन गर्नु हुँदैन। मङ्गलबारको दिन मदिरा सेवन गर्दा तपाईंको क्रोधमा वृद्धि हुन्छ।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र

यी ११ मन्त्रहरू जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ। १० श्री गणेशाय नमः २० ॐ श्री गणेशाय नमः ३० गं गणपतये नमः ४० ॐ गं गणपतये नमः ५० ॐ गं ॐ गणाधिपतये नमः ६० ॐ सिद्धि विनायकाय नमः ७० ॐ गजाननाय नमः ८० ॐ एकदंताय नमो नमः ९० ॐ लम्बोदराय नमः १०० ॐ वक्रतुंडाय नमो नमः ११० ॐ गणाध्यक्षाय नमः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?